नेकपा महासचिव ऋषि कट्टेल पक्राउ, चुनाव विरोधी गतिविधिमा संलग्न आरोप


२०८२ फाल्गुण ६ बुधबार १९:०७ बजे

काठमाडौँ : निर्वाचन विरोधी गतिविधिमा संलग्न रहेको आरोपमा नेपाल कम्युनिष्ट पार्टीका महासचिव ऋषि कट्टेललाई प्रहरीले पक्राउ गरेको छ । 

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक रामेश्वर कार्कीले कट्टेललाई आज कीर्तिपुरबाट पक्राउ गरिएको जानकारी दिए । हालसम्म कट्टेलसँगै निर्वाचन विरोधी गतिविधिमा लागेको आरोपमा चार जनालाई पक्राउ गरिएको उनले बताए । 

उनका अनुसार मङ्गलबार राति नेपाल कम्युनिष्ट पार्टी (बहुमत)का महासचिव धर्मेन्द्र बाँस्तोला, नेता विष्णुप्रसाद तिमिल्सिना र दुर्गा प्रसाईं समूहका एसपी साहलाई पनि पक्राउ गरिएको छ । उनीहरूले निर्वाचन बहिष्कार गर्ने अभिव्यक्ति दिएका थिए ।

नेकपा, नेकपा बहुमतलगायत केही साना दलले निर्वाचन बहिष्कार गर्दै निर्वाचनविरोधी गतिविधि गरिरहेकाले प्रहरीले उनीहरूलाई निगरानीमा राखेको छ । 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७