बंगलादेशका प्रधानमन्त्रीको शपथमा नेपालबाट परराष्ट्र मन्त्री सहभागी हुने


२०८२ फाल्गुण ४ सोमबार १३:१९ बजे

काठमाडौँ : बंगलादेशका नवनिर्वाचित प्रधानमन्त्रीको शपथ ग्रहण समारोहमा नेपालका परराष्ट्र मन्त्री बालानन्द शर्मा सहभागी हुने भएका छन् ।

प्रधानमन्त्री सुशीला कार्कीले मन्त्री शर्मालाई उक्त समारोहमा सहभागी हुन निर्देशन दिएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार राम रावलले जानकारी दिए। 

बंगलादेशमा फेब्रअरी १२ मा सम्पन्न आम निर्वाचनमा बंगलादेश नेसनलिस्ट पार्टी (बीएनपी)ले दुई तिहाइभन्दा बढी सिट जितेको थियो। सोही आधारमा बीएनपीका प्रमुख तारिक रहमान मंगलबार प्रधानमन्त्री पदको शपथ लिँदैछन्। बीएनपीले उनलाई संसदीय दलको नेतामा चयन गर्दै प्रधानमन्त्रीमा नियुक्त गर्ने तयारी गरेको छ।

रहमान पूर्व प्रधानमन्त्री खालिजा जियाका छोरा हुन् । शपथ ग्रहण समारोहका लागि अन्तरिम सरकारका मुख्य सल्लाहकार मोहम्मद युनुसले नेपालसहित चीन, साउदी अरेबिया, भारत, पाकिस्तान, टर्की, यूएई, कतार, मलेसिया, ब्रुनेई, श्रीलंका, माल्दिभ्स र भुटानका सरकार प्रमुखलाई निमन्त्रणा पठाएका थिए। 

नेपालको तर्फबाट मन्त्री शर्माले प्रतिनिधित्व गर्नेछन्।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७