एसईई चैत १९ गतेदेखि (तालिकासहित)
काठमाडौँ : कक्षा १० को माध्यमिक शिक्षा परीक्षा (एसईई) चैत १९ देखि २९ गतेसम्म सञ्चालन हुने भएको छ ।
राष्ट्रिय परीक्षा बोर्डले बुधबार परीक्षा तालिका सार्वजनिक गर्दै उक्त मितिमा परीक्षा हुने जानकारी दिएको हो । शैक्षिक क्यालेन्डरअनुसार चैतको पहिलो साताबाट परीक्षा सुरु हुने भए पनि निर्वाचनका कारण मिति सारिएको बोर्डले जनाएको छ ।
परीक्षा नियन्त्रक टुकराज अधिकारीले चैत १९ गतेदेखि परीक्षा सुरु गर्ने निर्णय भएको जानकारी दिए। परीक्षा नियन्त्रण कार्यालयका अनुसार पहिलो दिन अनिवार्य अंग्रेजी, संस्कृततर्फ अनिवार्य संस्कृत रचनालगायतका विषयको परीक्षा हुनेछ।
बोर्डका अनुसार परीक्षा नियमित तालिकाअनुसार चैत २९ गतेसम्म सञ्चालन हुनेछ।

.gif)

.png)

