एमाले महाधिवेशन : १० घण्टामा ११ सय मत खस्यो


२०८२ पौष २ बुधबार २०:१२ बजे

काठमाडौँ : नेकपा एमालेको ११औँ महाधिवेशनमा आज मतदान प्रक्रिया जारी छ ।

बिहान सवा ९ बजेदेखि सुरू भएको मतदानमा साँझ ७ बजेसम्म करिब ११०० प्रतिनिधिले मतदान गरेका छन् । पार्टी निर्वाचन आयोगका अनुसार, महाधिवेशनमा २२ सय ६२ जना प्रतिनिधि छन् ।

रामलक्ष्मण इनोभेसन प्रालिका लक्ष्मण रिमालले भने अनुसार सबै प्रतिनिधिको मतदान बिहीबार बिहान ७ बजेसम्म सकिने अनुमान छ ।

महाधिवेशनमा अध्यक्षसहित १९ पदाधिकारी, ३०१ केन्द्रीय सदस्य (केही निर्विरोध भइसकेका) र ३ वटा आयोगका पदाधिकारीका लागि मतदान भइरहेको छ ।

मतदान भृकुटीमण्डपमा भइरहेको छ र प्रत्येक मतदातालाई करिब २५ देखि ४० मिनेटको समय लाग्ने बताइएको छ । मतदान विद्युतीय मेसिनमार्फत हुँदैछ ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७