एमाले महाधिवेशन : मतदान भोलि बिहान ८ बजेसम्मका लागि स्थगित


२०८२ पौष १ मंगलबार २०:२९ बजे

काठमाडौँ : नेकपा एमालेको नेतृत्व चयनका लागि हुने मतदान प्रक्रिया भोलि बिहान ८ बजेसम्मका लागि सरेको छ ।

केहीबेरमा सुरु हुने भनिएको मतदान प्राविधिक कारणले स्थगित गरिएको हो । महासचिव शंकर पोखरेलले मतदानस्थलमै पुगेर मतदान भोलि बिहान ८ बजेदेखि सुरु हुने जानकारी दिए।

‘प्राविधिक कारणले गर्दा मतदान प्रक्रिया सुरु गर्न सकिएको छैन,’ पोखरेलले भने, ‘चिसो मौसमका कारणले पनि हामी लामो समय प्रतिक्षा गर्न सक्ने अवस्थामा छैनौँ । त्यस अवस्थामा आज गर्ने भनिएको मतदान भोलि बिहान ८ बजेदेखि यसै स्थानमा गरिने जानकारी गराइन्छ।’

नेतृत्व चयनकै लागि आज साँझ ७ बजेदेखि भृकुटीमण्डपमा मतदानको समय तोकिएको थियो । तर प्राविधिक तयारी नपुगेको भन्दै चुनावमा ढिलाइ भएको थियो । यसअघि दिउँसो १ बजेदेखि नै निर्वाचन हुने भनिएको थियो ।

 

मतदाताहरू भने मतदान हुने आशामा लाइनमै बसेका थिए । 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७