एमाले महाधिवेशनमा प्रविधि : ८० मेसिनबाट मतदान, सकिन १० घण्टा लाग्ने


२०८२ पौष १ मंगलबार १७:४५ बजे

काठमाडौँ : नेकपा एमालेको ११औँ महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि मंगलबार साँझदेखि मात्र मतदान सुरु हुने भएको छ । यसअघि दिउँसो सुरु हुने भनिए पनि विद्युतीय भोटिङ मेसिनको कोडिङ मिलाउनुपर्ने भएकाले ढिलाइ भएको केन्द्रीय निर्वाचन आयोगले जनाएको छ।

एमालेले महाधिवेशनमा ८० वटा विद्युतीय भोटिङ मेसिन प्रयोग गर्ने भएको छ । १०० वटा मेसिन ल्याइए पनि ८० वटा मात्र मतदानका लागि प्रयोग गरिने केन्द्रीय निर्वाचन आयोगका अध्यक्ष विजय सुब्बाले जानकारी दिए ।

सुब्बाका अनुसार एक जना प्रतिनिधिलाई मतदान गर्न कम्तीमा २५ देखि ३० मिनेट लाग्नेछ । महाधिवेशनमा २ हजार २६२ जना प्रतिनिधि सहभागी छन् ।

निर्विरोध निर्वाचित ११ जनाबाहेक अन्य उम्मेदवारलाई प्रतिनिधिले मत दिनुपर्नेछ। यसअनुसार एक जना प्रतिनिधिले कम्तीमा २९२ जनालाई मत दिनुपर्ने अवस्था छ ।

८० वटा मेसिन प्रयोग हुने भएकाले एक पटकमा ८० जना प्रतिनिधिले मतदान गर्न पाउनेछन् । एक राउन्डका लागि करिब २५ मिनेट लाग्ने हुँदा सबै प्रतिनिधिले मतदान गर्न कम्तीमा ११ घण्टा लाग्ने अनुमान गरिएको छ।

यसैबीच केन्द्रीय निर्वाचन आयोगका सदस्य भरत पोखरेलले पनि मतदान सकिन कम्तीमा १० घण्टा लाग्ने बताएका छन्।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७