छातीमा समस्या देखिएपछि सभामुख अर्याल अस्पताल भर्ना


२०८३ भदौ ८ सोमबार २१:४५ बजे
फाइल फोटो

काठमाडौं : सभामुख डोलप्रसाद अर्याललाई अचानक छातीमा समस्या देखिएपछि अस्पताल भर्ना गरिएको छ। छातीमा असहजता भएपछि अर्याल सोमबार साँझ महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल पुगेका थिए।

उनलाई अस्पतालको कार्डियोभास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरअन्तर्गतको सिसियूमा साँझ साढे ७ बजे भर्ना गरिएको हो। अस्पतालमा रहेको क्याबिन नम्बर २१५ मा उनको उपचार भइरहेको बताइएको छ। अचानक छातीमा समस्या देखिएपछि थप परीक्षण तथा उपचारका लागि उनलाई अस्पताल लगिएको हो।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७