प्रदीप ज्ञवालीलाई महासचिव नदिए म पनि उम्मेदवारी दिन्न : पृथ्वीसुब्बा गुरुङ


२०८२ मङ्सिर २९ सोमबार १७:४८ बजे

काठमाडौँ : नेकपा एमालेको एघारौँ महाधिवेशनमा अध्यक्ष केपी शर्मा ओली समूहमा महासचिव पदको विवादका कारण नेताहरूको विद्रोह सतहमा छताछुल्ल भएको छ ।

प्रदीप ज्ञवालीलाई उपाध्यक्ष पृथ्वी सुब्बा गुरुङ र उपमहासचिव विष्णु रिमालले महासचिव नदिइएमा समूहले दिएको पदमा उम्मेदवारी नदिने चेतावनी दिएका थिए ।

‘यदि प्रदीप ज्ञवालीलाई बोलाएर महासचिव पदमा उम्मेदवारी नदिलाउने भए म पनि कुनै पदमा उम्मेदवारी दिन्नँ’, ओलीसँग पृथ्वीसुब्बा गुरुङको भनाइ उद्धृत गर्दै एक नेताले भने।

यो घटनाले ओली समूहमा आन्तरिक विवाद र असन्तुष्ट नेताहरूको विद्रोह स्पष्ट पारेको छ भने ईश्वर पोखरेल पक्ष उत्साहित भएको छ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७