एनपिएल फाइनल : सुदूरपश्चिम ८५ रनमा अलआउट


२०८२ मङ्सिर २७ शनिबार १७:१० बजे

काठमाडौँ : दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल)को उपाधिका जित्न लुम्बिनी लायन्सले ८६ रनको लक्ष्य पाएको छ । टीयु क्रिकेट मैदान टस जितेर पहिला ब्याटिङ गरेको सुदूरपश्चिम रोयल्स १९ ओभर एक बलमा ८५ रनमा समेटियो ।

सुदूरपश्चिमका लागि ओपनर इसान पाण्डेले सर्वाधिक ३३ रन बनाए । विनोद भण्डारी ०, शेल्डोन ज्याकसोन एक, आरिफ शेख ६, कप्तान दीपेन्द्रसिंह ऐरी १३, दीपक बोहरा ०, पुनित महरा ०, अभिनास बोहरा एक, हर्मित सिंह १० र स्कट कुगेइलेन १० रनमा आउट भए । हेमन्त धामी ७ रनमा अविजित रहे ।

ब्लिङमा लुम्बिनीका कप्तान रोहित पौडेलले ह्याट्रिक पूरा गरे । रोहित एनपीएलमा ह्याट्रिक पूरा गर्ने दोस्रो खेलाडी बनेका छन् । यसअघि काठमाण्डु गोर्खाजका शाहव आलमले ह्याट्रिक पूरा गरेका थिए ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७