काठमाडौँ गोर्खाजले लुम्बिनी लायन्सलाई दियो १५८ रनको लक्ष्य
काठमाडौँ : खेलको १९औँ ओभरमा कप्तान करण केसी चम्किएपछि काठमाडौँ गोर्खाजले नेपाल प्रिमियर लिग (एनपीएल) मा लुम्बिनी लायन्ससामु १५८ रनको प्रतिस्पर्धात्मक लक्ष्य प्रस्तुत गरेको छ ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा मंगलबार पहिले ब्याटिङ गरेको काठमाडौँले आठ विकेटको क्षतिमा १५७ रन बनायो। काठमाडौँका कप्तान करण केसी ११ बलमा ३४ रनमा अविजित रहे।
ओपनर आकाश त्रिपाठीले ३२ रन बनाए। ३६ बलमा तीन चौकाको सहयोगमा ३२ रन बनाएका आकाश शेर मल्लको बलमा डिआर्सी सर्टको हातबाट क्याच आउट भए। १६ बलमा दुई छक्का प्रहार गरेका सन्तोष यादव २६ रनमा रुवेन ट्रम्पलम्यानको बलमा सन्दीप जोराको हातबाट क्याच आउट भए। मिलिन्द कुमार र जेरहार्ड इरसमसले समान १७/१७ रन जोडे।
रसिद खानले १४ रन थपे। जोन सिम्सन सात रनमा आउट भए भने वेन चार्ल्सवर्थ शून्य रनमै पभेलियन फर्किए। मोहम्मद आदिल आलम चार रनमा क्याच आउट भए।
लुम्बिनीका लागि रुवेन ट्रम्पलम्यान, शेर मल्ल, रोहित पौडेल र गुल्बदिन नैबले समान दुई/दुई विकेट लिए।
.gif)

.png)

