प्रधानमन्त्री कार्कीले दिइन् एनपिएल विजेतालाई बधाई


२०८२ मङ्सिर २७ शनिबार १९:५५ बजे

काठमाडौँ : प्रधानमन्त्री सुशीला कार्कीले नेपाल प्रिमियर लिग (एनपिएल)को विजेता लुम्बिनी लायन्सलाई बधाई दिएकी छिन् । सामाजिक सञ्जालमार्फत आज उनले विजेता टोलीलाई बधाई दिएकी हुन् ।

बधाई सन्देशमा प्रधानमन्त्री कार्कीले भनेकी छिन्, 'राष्ट्रिय आत्मविश्वासमा ऊर्जा थप्न सफल यस उत्सवमा सहभागी सबै टिम, आयोजक र समर्थकलाई धन्यवाद ।' 

लुम्बिनी लायन्सले आज भएको फाइनल खेलमा साविक उपविजेता सुदूरपश्चिम रोयल्सलाई पराजित गर्दै सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल)को उपाधि जितेको हो । सुदूरपश्चिम भने दोस्रो पटक पनि उपविजेता मै समेटिएको छ । 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७