यू-१९ एसिया कपमा नेपाल श्रीलङ्कासँग पराजित
काठमाडौँ : एसीसी यू-१९ एसिया कप क्रिकेट प्रतियोगिताअन्तर्गत शनिबार भएको पहिलो खेलमा नेपाल श्रीलङ्कासँग ८ विकेटले पराजित भएको छ ।
दुबईको द सेभेन्स रङ्गशाला भएको खेलमा नेपालले श्रीलङ्कालाई जितको लागि ८३ रनको लक्ष्य दिएको थियो । श्रीलङ्काले १४ दशमलव ५ ओभरमा दुई विकेट गुमाएर लक्ष्य पूरा गरेको हो ।
त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपाल २८.५ ओभरमा सबै विकेट गुमाउँदै ८२ रनमा समेटिएको थियो ।
समूह ‘बी’ मा रहेको नेपालले आगामी सोमबार बङ्गलादेशसँग खेल्नेछ । यही मंसिर २६ गतेदेखि सुरु भएको उक्त प्रतियोगितामा नेपालसहित बंगलादेश, श्रीलंका, अफगानिस्तान, भारत, पाकिस्तान, युएई र मलेसिया सहभागी छन् ।
.gif)

.png)

