काठमाडौंको फोहोर लैजान अवरोध भएपछि बञ्चरेडाँडा पुगे कुलमान
काठमाडौं : स्थानीयले विभिन्न माग राखेर फोहोर व्यवस्थापनमा अवरोध गरेपछि सहरी विकासमन्त्री कुलमान घिसिङ बञ्चरेडाँडा पुगेका छन्।
काठमाडौंको फोहोर लैजान अवरोध भएपछि आइतबार मन्त्री घिसिङ ल्यान्डफिल्ड साइट अनुगमनका लागि त्यहाँ पुगेका हुन् ।
स्थानीयले अवरोध गर्दा गएको पाँचदिनदेखि काठमाडौँको फोहोर उठाउन सकिएको छैन।
मन्त्री घिसिङले फोहोर व्यवस्थापन उत्पन्न समस्या समाधानको लागि अहिले स्थानीयसँग छलफल गरिरहेका छन्।
काठमाडौँ महानगरपालिका र अन्य स्थानीय तहबाट दैनिक १ हजार २ सय टनभन्दा बढी फोहोर उत्पादन हुँदै आएको छ।
समयमै फोहोर बिसर्जन नहुँदा राजधानी काठमाडौँमा दुर्गन्ध बढ्दै गएको छ।
.jpg)
.gif)

.png)

