शेयर बजारमा भारी अंकले गिरावट
काठमाडौँ : आइतबार सेयर बजारमा भारी अंकले गिरावट आएको छ । जेनजी आन्दोलन, बाढी पहिरो र सुनको मूल्यमा भएको वृद्धि लगायत कारण सेयर बजार ओरालो लागेको लगानीकर्ताहरू बताउँछन् । आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ३.०५ प्रतिशत अर्थात् ७८.८३ अंकले घटेको छ ।
२ हजार ४९३ अंकमा झरेको सेयर अन्तिम समयमा भने २ हजार ५०३.८३ अंकमा बन्द भएको छ । लगानीकर्ताहरूले २५ सय विन्दुलाई बटम लाइनका रूपमा लिएका छन् ।
आइतबार दिनभरिमा ३२४ कम्पनीको सेयर कारोबार हुँदा २४२ कम्पनीको सेयर मूल्य घटेको देखिन्छ । नेप्सेका अनुसार १ करोड ४३ लाख ६४ हजार कित्ता सेयर ६७ हजार पटक किनबेच हुँदा ६ अर्ब ७० करोड ७२ लाख ४५ हजार रुपैयाँ बराबरको कारोबार भएको छ ।
आज बैंकिङ समूह २.३० प्रतिशत, विकास बैंक समूह २.९३ प्रतिशत, फाइनान्स समूह ३.६७ प्रतिशत, होटेल तथा पर्यटन समूह ४.८४ प्रतिशत, जलविद्युत समूह ३.७९ प्रतिशत, लगानी समूह ३.१३ प्रतिशत, जीवन बीमा समूह २.५५ प्रतिशत, उत्पादन तथा प्रशोधन समूह १.९४ प्रतिशत, लघुवित्त समूह २.८८ प्रतिशत, म्युचुअल फण्ड समूह ०.९९ प्रतिशत, निर्जीवन बीमा समूह २.३२ प्रतिशत, अन्य समूह ४.७९ प्रतिशत र व्यापार समूह २.८५ प्रतिशत घटेको नेप्सेले जनाएको छ ।
बुटवल पावर कम्पनीको सेयर मूल्य सबैभन्दा धेरै ९.२७ प्रतिशत घटेको छ । यस्तै, नेपाल पुनर्बीमाको ९.१५ प्रतिशत, राधी विद्युत् पावरको ८.५० प्रतिशत, सीईडीबीको ८.४५ प्रतिशत र विन्ध्यवासिनी हाइड्रोको ८.२७ प्रतिशत सेयर मूल्य घटेको नेप्सेले जनाएको छ ।
.gif)

.png)

