आज कहाँ कहाँ छ वर्षाको सम्भावना ?


२०८२ असोज ४ शनिबार ०७:३३ बजे

काठमाडौं । आज (असोज ४ गते) देशका विभिन्न स्थानमा पानी परिरहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो र राति पनि देशभर विभिन्न स्थानमा वर्षा हुने क्रम जारी रहने छ। 

यस्तो छ आजका लागि मौसम महाशाखले जारी गरेको प्रक्षेपण :

दिउँसो : कोसी प्रदेश, मधेस प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशलगायत देशका बाँकी पहाड भेगमा साधारणतया बदली रही बाँकी तराई क्षेत्रमा आंशिक बदली रहने छ। कोसी प्रदेश र बागमती प्रदेशका केही स्थान, मधेस प्रदेश र गण्डकी प्रदेशका थोरै स्थान तथा देशका बाँकी भूभागका एक(दुई स्थानमा मध्यम वर्षाको सम्भावना छ।

राति : कोसी प्रदेश, मधेस प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशमा साधारणतया बदली रही बाँकी स्थानमा आंशिक बदली रहने छ। कोसी प्रदेश, मधेस प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका थोरै स्थान तथा बाँकी पहाड भूभागका एक(दुई स्थानमा मध्यम वर्षाको सम्भावना छ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७