अवैध रुपमा प्रवेश गरेको आरोपमा पोर्चुगलद्वारा नेपालीको आवास अनुमतिपत्र खारेज


२०८२ असोज २ बिहीबार १०:२२ बजे

काठमाडौं । पोर्चुगलबाट दसैँ मनाउन नेपाल फर्किरहेका नेपालीको आवास अनुमति पत्र नै रद्द गरिदिएको छ ।

गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् पोर्चुगलले जनाएअनुसार भदौ ३१ र असोज १ गते पोर्चुगलको राजधानी लिस्वनस्थित एयरपोर्टबाटै नेपालीहरूको आवास अनुमति पत्र खारेज गरी देश छोड्न रोक लगाएको हो ।

ती नेपालीहरूलाई अवैध रुपमा पोर्चुगल आएको भन्दै त्यहाँको अध्यागमनले अस्थायी आवास अनुमतिपत्र (टीआरसी) नै रद्द गरिदिएको एनआरएनए पोर्चुगलले जनाएको छ ।

अध्यागमनका अधिकारीहरुले अनाधिकृत रुपमा पोर्चुगल प्रवेश गरेर आवास अनुमतिपत्र बनाएको आरोप लगाएका छन् ।

पछिल्लो पटक सम्पर्कमा आएका एकजना नेपाली जो युकेबाट सन् २०२२ मा इन्ट्री भई टीआरसी अर्थात् अस्थायी आवास अनुमति पत्र लिएर नेपाल जाने सन्दर्भले एयरपोर्टको इमिग्रेसनबाट फिर्ता भएको भदै यो प्रतिनिधि घटना भएको बताइएको छ ।

यस सम्बन्धित विषयलाई दूतावाससँग समन्वय गरी सम्बन्धित निकायमा पत्राचार गरी अघि बढ्ने र समन्वय गर्ने प्रयास भइरहेको गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् पोर्चुगलका अध्यक्ष दीपा काफ्लेले बताइन् ।

डेढ वर्षअघिसम्म जुनसुकै देशबाट जुन कुनै हालतमा यहाँ आइपुगे पनि कागजी प्रक्रिया सुरु गर्न सक्ने र बढीमा १२ महिनाको कर तिरेपछि कामदारका रुपमा अस्थायी आवास अनुमतिपत्र प्राप्त गर्न सकिने कानूनी प्रावधान थियो । धेरै आप्रवासीहरुले यसैगरी यहाँको आवास अनुमतिपत्र लिएका छन् ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७