बनस्थलीमा बसले ठक्कर दिँदा पैदलयात्रीको मृत्यु


२०८२ असोज २ बिहीबार ०८:४८ बजे

काठमाडौं । काठमाडौँको बनस्थलीमा बसले ठक्कर दिँदा एकजना पैदलयात्रीको मृत्यु भएको छ।

बिहीबार बिहान करिब साढे पाँचबजेततिर स्वयम्भुबाट नयाँबसपार्कतर्फ गइरहेको बागमती प्रदेश ०१–००६ ख ७५४३ नम्बरको बसले सिद्धार्थ बनस्थली स्कुल अगाडि ठक्कर दिँदा पैदल यात्रीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

मृत्यु हुनेमा संखुवासभाको खाँदबारी घरभई हाल काठमाडौँ महानगरपालिका १६ बालाजु बनस्थली बस्दै आएका ६८ वर्षीय जसबहादुर मगर रहेका छन् ।

दुर्घटनापछि स्थानीयले बस चालकलाई पक्राउ गर्न माग गर्दै सडकमै शव राखेर प्रदर्शन गरेका छन्। दुर्घटनापछि बस छाडेर चालक फरार रहेका र उनको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ।  

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७