जेनजी आन्दोलनमा ज्यान गुमाएकालाई शहीद घोषणा, परिवारलाई १५ लाख

काठमाडौँ : सरकारले जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएकालाई शहीद घोषणा गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले शहीद घोषणा गर्ने निर्णय गरेको हो ।
साथै शहीद परिवारलाई १५ लाख रुपैयाँ क्षतिपूर्ति स्वरुप दिने निर्णय गरेको छ। यसको लागि अर्थ मन्त्रालयले सम्बन्धित जिल्ला प्रशासन मार्फत मृतक परिवारलाई रकम हस्तान्तरण गर्ने गृह, कानुन तथा संसदीय मामिला मन्त्री ओम प्रकाश अर्यालले जानकारी दिए ।
जेनजी आन्दोलनमा देशभर ७२ जनाले ज्यान गुमाएका छन् । सरकारले यसअघि घोषणा गरेको १० लाख रुपैयाँ क्षतिपूर्ति अब ५ लाख थपेर १५ लाख दिने निर्णय गरेको हो ।