असोज १ गते शोक बिदा

काठमाडौं : सरकारले जेनजी आन्दोलनको क्रममा ज्यान गुमाएका व्यक्तिहरूप्रति श्रद्धाञ्जली स्वरूप आगामी असोज १ गते शोक बिदा दिने निर्णय गरेको छ। मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले उक्त निर्णय गरेको गृह तथा कानुनमन्त्री ओमप्रकाश अर्यालले बताएका छन् ।
गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनको क्रममा देशभर ७२ जनाको मृत्यु भएको थियो। ती मृतकप्रति सम्मान प्रकट गर्न र शोक मनाउन सरकारले असोज १ गते सार्वजनिक बिदा दिने निर्णय लिएको हो ।
सरकारले सो दिन विभिन्न कार्यक्रममार्फत श्रद्धाञ्जली अर्पण गर्ने तयारीसमेत गरिरहेको बताइएको छ।