देशभरका २६३ सरकारी कार्यालय ध्वस्त


२०८२ भदौ ३० सोमबार १९:०२ बजे

काठमाडौँ : जेनजी आन्दोलनका क्रममा देशभर २६३ वटा सरकारी कार्यालय पूर्ण रूपमा ध्वस्त भएका छन् भने ३४२ कार्यालयमा आंशिक क्षति पुगेको छ।

गृह मन्त्रालयको प्रारम्भिक विवरणअनुसार आन्दोलनको क्रममा सरकारी संरचनामा व्यापक क्षति पुगेको पुष्टि भएको हो। मन्त्रालयका अनुसार क्षतिको विवरण संकलन कार्य अझै जारी रहेकाले पूर्ण र आंशिक क्षतिग्रस्त कार्यालयको संख्या अझै बढ्न सक्ने सम्भावना छ ।

गत भदौ २३ र २४ गते जेनजीले काठमाडौं उपत्यकासहित देशका विभिन्न शहरहरूमा प्रदर्शन गरेका थिए । उनीहरूले निष्क्रिय सामाजिक सञ्जाल पुनः सञ्चालन गर्नुपर्ने र भ्रष्टाचारविरुद्ध कडा कदम चाल्नुपर्ने माग अघि सारेका थिए । सुरुमा शान्तिपूर्ण देखिएको आन्दोलनमा सोही दिन भएको प्रहरी हस्तक्षेपपछि स्थिति तनावग्रस्त बनेको थियो । प्रहरी दमनमा १९ जनाको मृत्यु भएपछि भदौ २४ गतेको प्रदर्शन थप उग्र बनेको थियो।

उग्र आन्दोलनका क्रममा प्रदर्शनकारीहरूले सिंहदरबार क्षेत्रभित्र रहेका विभिन्न मन्त्रालय, सर्वोच्च अदालत, संसद् भवनलगायतका प्रमुख सरकारी निकायहरूमा तोडफोड तथा आगजनी गरेका थिए । निजी सम्पत्तिहरूमा पनि क्षति पुगेको छ ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७