‘उज्यालो मार्गचित्र’ को तयार पार्टी खोल्ने तयारमा थिए कुलमान, आन्दोलनले बनायो मन्त्री


२०८२ भदौ ३० सोमबार १५:४८ बजे

काठमाडौं : नेपाललाई लोडसेडिङमुक्त गराएको श्रेय पाएर ‘उज्यालोको नायक’को बिम्ब बनाएका विद्युत् प्राधिकरणका पूर्व कार्यकारी निर्देशक कुलमान घिसिङ नयाँ पार्टी निर्माणको तयारीमा जुटेका थिए ।

उनी  नयाँ पार्टी निर्माणको लाागि मतदाताहरुको मनोविज्ञान बुझ्न ‘उज्यालो नेपाल’ नामक अभियान लिएर यात्रामा निस्किएका घिसिङ देश तथा विदेशमा रहेका नेपालीहरुको सकरात्मक प्रतिक्रियाले उत्साहित थिए । ‘उज्यालो नेपाल’ अभियान नामक विभिन्न वडा कमिटीहरु पनि धमाधम निर्माण भइरहेको छन् । स्रोतका अनुसार काठमाडौं लगायत मुलुकका विभिन्न शहरमा गरेर चार दर्जन बढी वडा कमिटीहरु निर्माण भइसकेको थियो । 

तर २३ भदौको आन्दोलनले उनी मन्त्रीको जिम्मेवारीमा पुगे । । प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको सरकारमा ऊर्जा व्यवस्थापनका कारण नागरिकहरूबीच कुशल छवि बनाएका घिसिङले तीनवटा मन्त्रालयको जिम्मेवारी पाए ।

घिसिङ खाडी राष्ट्रहरुको भ्रमण सकेर अमेरिका, बेलायत र युरोपियन देशहरूको विभिन्न शहरहरूमा हुने कार्यक्रम तथा अन्तर्क्रियाहरूमा सहभागी भएर फर्किएका थिए । झन्डै दुईतिहाइको शक्तिशाली सरकारले विद्युत् प्राधिकरणका कार्यकारी निर्देशकबाट पदबाट हटाएपछि घिसिङले ‘उज्यालो नेपाल’ अभियान घोषणा गरेका थिए ।

तत्कालीन ऊर्जामन्त्री जनार्दन शर्माले ३१ भदौ २०७३ मा नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकको जिम्मेवारी घिसिङलाई दिएका थिए । त्यसलगत्तै तिहारमा काठमाडौंमा विद्युत कटौती नगरी उनले लोडसेडिङ अन्त्यको पहल थालेका थिए ।

२०७३ सालको असारबाट प्राधिकरणको नेतृत्व सम्हालेका कुलमानले यसबाहेक विभिन्न दूरगामी अर्थ राख्ने काम गर्न सफल भए । नेपाल विद्युत् प्राधिकरणमा प्रवेश गर्दा कुलमान प्राधिकरणको अवस्था नाजुक थियो। दैनिक १२ घण्टासम्म लोडशेडिङको मारमा सर्वसाधारण थिए।

उनले नेतृत्व सम्हालेको केही महिनामै काठमाडौंलाई लोडशेडिङमुक्त बनाउने घोषणा गरे। प्राधिकरणमा आउने हरेकजसो नेतृत्वले लोडशेडिङमुक्त गर्ने घोषणा गर्ने हुँदा धेरैले विश्वास गरेनन् । तर उनी सफल भए ।

घिसिङ एउटा राम्रो नीति कार्यान्वयन गर्न सक्ने कुशल व्यवस्थापक मान्छन्। कुनै बेला घाटामा रहेको आठ वर्षमा विद्युत् प्राधिकरण उनको पालामा ८४ अर्ब रुपैयाँ नाफामा पुगेको र चुहावट समेत १४ प्रतिशतले घटेको सरकारी विवरणमा देखिन्छ।

रामेछापको दुर्गममा अवस्थित सरकारी स्कुलमा पढेको एकजना सामान्य किसानको छोरो कुलमान उज्यालोको बिम्बको रुपमा स्थापित छन् । अध्यारो हुदा ‘कुलमान अर्थात् उज्यालो गयो’ भन्ने भाष्य स्थापित छ । प्राधिकरणमा काम गर्दागर्दै कुलमानले चिलिमेको जिम्मेवारी पाए ।

जतिबेला उनी दशौं तहमा थिए । उनले नेपालको लगानीबाट पनि विद्युत परियोजना सफल रुपमा बनाउन सकिन्छ भनेर प्रमाणित गरे, जुन उनको आफ्नो व्यक्तिगत करिअरका लागि टर्निङ प्वाइन्ट बन्यो । चिलिमे मोडल बहुचर्चित मोडल हो ।

चिलिमेमा उनले नेपालको स्रोत साधन कसरी प्रयोग गर्न सकिन्छ भन्ने आँखा खोली दिएका थिए । चिलिमेले १००० मेगावाट पनि नेपालीहरुबाटै बनाउन सकिन्छ भन्ने आँट दिएको थियो ।

पहिलो निर्णयः डेडिकेटेड र ट्रंकलाइनको बक्यौता उठाउने

घिसिङले पदभार ग्रहण गरेका छन्। सिंहदरबारस्थित मन्त्रालयमा पदभार ग्रहण गर्दै उनले डेडिकेटेड र ट्रङ्कलाइनको बक्यौता उठाउन निर्णय भएको बताए। ‘नेपाल आर्थिक र राजनीतिक रुपमा संकटमा, यतिबेला व्यवसायी देशभित्र र बाहिर भएका नागरिकले सहयोग गर्नुपर्छ’, उनले भने, ‘डेडिकेटेड र ट्रङ्कलाइनको वक्यौता उठाउन निर्देशन दिइएको छ, यो तत्काल गर्नुपर्ने काम हो।’ 

घिसिङ नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशक हुँदा डेडिकेटेड र ट्रङ्कलाइनको वक्यौता उठाउने विषयमा निर्वतमान केपी ओली नेतृत्वको सरकारसँग विवाद भएको थियो। 

वक्यौता उठाउनै पर्ने अडान उनले लिएपछि निवर्तमान ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री दीपक खड्काले पटक-पटक स्पष्टीकरण सोधेका थिए।स्पष्टीकरणका बाबजुद आफ्नो अडान नछाडेपछि घिसिङलाई कार्यकाल सकिनुअघि नै हटाएको थियो। 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७