कुलमानको पदभार ग्रहणमा आएनन् हितेन्द्र

काठमाडौं : प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको सरकारमा ऊर्जा व्यवस्थापनका कारण नागरिकहरूबीच उज्यालोको बिम्ब बनाएका कुलमान घिसिङले तीनवटा मन्त्रालयको जिम्मेवारी पाए । नेपाल विद्युत् प्राधिकरणका पूर्व कार्यकारी निर्देशक घिसिङले ऊर्जा, जलस्रोत तथा सिंचाई, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकास मन्त्रालयको जिम्मेवारी पाएका हुन् ।
ओली सरकारले घिसिङलाई ११ चैत २०८१ मा प्राधिकरणको कार्यकारी निर्देशकबाट बर्खास्त गरेको थियो । त्यसका विरुद्धमा सर्वोच्च अदालत गए पनि उनले पुन : स्थापनाको आदेश पाएन । त्यसपछि ओली सरकारले हितेन्द्र शाक्य विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक बनायो ।
आज आज पदभार ग्रहण कार्यक्रममा हितेन्द्र शाक्य आए की आएनन् ? भनेर धेरैले चासोका साथ हेरे । तर उनी देखिएनन् । कुलमान र हितेन्द्रविच पुरानो टसल रही आएको छ ।