कुलमानको अर्को घोषणा : भौतिक संरचना पुनर्निर्माण कोष


२०८२ भदौ ३० सोमबार १५:३८ बजे

काठमाडौँ : नवनियुक्त भौतिक पूर्वाधारमन्त्री कुलमान घिसिङले जेनजी पुस्ताले गरेको आन्दोलनका क्रममा क्षति पुगेका सार्वजनिक संरचनाहरूको पुनर्निर्माणका लागि विशेष कोष खडा गर्ने घोषणा गरेका छन् ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रीको जिम्मेवारी सम्हाल्ने क्रममा मन्त्रीले भने, 'हामीले तत्कालै क्षतिग्रस्त सार्वजनिक संरचनाहरू बनाउनुपर्नेछ । आक्रोशका कारण संरचनाहरूमा क्षति पुगेको हो, तर अब हामी आफैँले निर्माण गरेर सुधार गर्नुपर्छ।'

उनले यो कोषमा देशभित्रका नागरिकसँगै विदेशमा रहेका नेपालीहरूलाई पनि योगदान गर्न अनुरोध गरेका छन् । कोष स्थापना सम्बन्धी निर्णय मन्त्रिपरिषद्‌बाट छिट्टै औपचारिक रूपमा गरिने उनले जानकारी दिएका छन्।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७