जेनजी आन्दोलनमा मारिनेको संख्या ७२ पुग्यो

काठमाडौं । यही भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनमा ज्यान गुमाउनेको संख्या ७२ पुगेको छ ।
प्रधानमन्त्री सुशीला कार्कीको पदभार ग्रहण कार्यक्रममा मुख्य सचिव एकनारायण अर्यालले सो जानकारी दिएका हुन् ।
सरकारले जेनजी आन्दोलनको क्रममा मृत्यु भएकाहरूलाई सहिद घोषणा गरेको गरेको भने मृतकका परिवारलाई १० लाख दिने निर्णय गरेको छ ।
आन्दोलनका सबै घाइतेको सरकारले उपचार गर्ने निर्णय समेत भएको छ।
मुख्य सचिव एकनारायण अर्यालका अनुसार आन्दोलनमा प्रदर्शनकारी ५९ जना, कैदीबन्दी १० जना र सुरक्षाकर्मी ३ जना गरी ७२ जनाको ज्यान गएको हो ।
मृतक मध्ये अहिलेसम्म ४१ जनाको मात्रै सनाखत भएको प्रहरीले जनाएको छ।
१३४ जना प्रदर्शनकारी र ५७ जना प्रहरी घाइते भएका छन् ।