प्रधानमन्त्री कार्कीको पहिलो निर्णय : जेनजी आन्दोलनमा मृत्यु भएकालाई सहिद घोषणा, परिवारलाई १० लाख राहत


२०८२ भदौ २९ आइतबार ११:५४ बजे

काठमाडौं । जेनजी आन्दोलनमा मृत्यु भएकाहरूलाई सरकारले सहिद घोषणा गरेको छ । 

यस्तै, मृतकका परिवारलाई १० लाख रुपैयाँ राहत दिने निर्णय पनि सरकारले गरेको छ ।

आइतबार पदभार ग्रहण गर्दै प्रधानमन्त्री सुशीला कार्कीले सो निर्णयमा हस्ताक्षर गरेकी छन् ।

प्रधानमन्त्री कार्कीले आज सिंहदरबार पुगेर पदभार ग्रहण गरेकी हुन् ।

मुख्य सचिव एकनारायण अर्यालका अनुसार आन्दोलनमा प्रदर्शनकारी ५९ जना, कैदीबन्दी १० जना र सुरक्षाकर्मी ३ जना गरी ७२ जनाको ज्यान गएको छ । 

१३४ जना प्रदर्शनकारी र ५७ जना प्रहरी घाइते भएका छन् ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७