प्रधानमन्त्री कार्कीद्वारा पदभार ग्रहण

काठमाडौं । नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले पदभार ग्रहण गरेकी छन् ।
आइतबार सिंहदरबारस्थित गृहमन्त्रालयका लागि निर्माण गरिएको नवनिर्मित भवनमा कार्कीले पदभार ग्रहण गरेकी हुन् ।
त्यसअघ प्रधानमन्त्री कार्कीले लैनचौर र सहिदगेटस्थित सहिदका सालिकमा माल्यापर्ण गरिन् ।
उनले आज बिहान लैनचौर र सहिदगेट पुगेर सहिदका सालिकमा माल्यापर्ण गरेकी हुन् ।
राष्ट्रपति रामचन्द्र पौडेलले उनलाई यही भदौ २७ गते अन्तरिम सरकारको प्रधानमन्त्रीमा नियुक्त गरेका हुन् ।