प्रधानमन्त्री कार्कीलाई बधाई दिँदै चीनले भन्यो : द्विपक्षीय सम्बन्धलाई अझ अगाडि बढाउने तयारीमा छौं


२०८२ भदौ २९ आइतबार १०:३९ बजे

काठमाडौं । नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीलाई उत्तरी छिमेकी राष्ट्र चीनले बधाई दिएको छ ।

चिनियाँ विदेश मन्त्रालयका प्रवक्ताले आइतबार नेपालका अन्तरिम प्रधानमन्त्री कार्कीलाई बधाई दिएका हुन् ।

‘चीनले नेपालको अन्तरिम सरकारकी प्रधानमन्त्री बन्नुभएकोमा श्री सुशीला कार्कीलाई बधाई छ । चीन र नेपालको मित्रता पुरानो र ऐतिहासिक छ’ विदेश मन्त्रालयले भनेको छ, ‘चीनले सधैंझैं नेपाली जनताले स्वतन्त्र रूपमा रोजेको विकास मार्गको सम्मान गर्दछ।’

चीनले दुई देशबीचको आपसी सहयोग र द्विपक्षीय सम्बन्धलाई थप बलियो बनाउने स्पष्ट पारेको छ ।

‘हामी नेपालसँग मिलेर पञ्चशीलका सिद्धान्तहरूलाई प्रवर्द्धन गर्ने, विभिन्न क्षेत्रमा आदानप्रदान र सहयोगलाई सुदृढ बनाउने र द्विपक्षीय सम्बन्धलाई अझ अगाडि बढाउने तयारीमा छौं,’ चीनले भनेको छ ।

कार्कीलाई अर्को छिमेकी देश भारतसँगै, बंगलादेश, बेलायल, संयुक्त राष्टसंघ लगायतले पनि बधाइ दिएका छन्। 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७