जेनजी आन्दोलन : डेढ दर्जनन्दा बढी माओवादी नेताका घरमा आगजनी


२०८२ भदौ २८ शनिबार १४:४८ बजे

काठमाडौं : जेनजी प्रदर्शनको क्रममा भएको आगजनी र तोडफोडबाट भएको क्षतिको विवरण नेकपा माओवादीले संकलन गरेको छ । 

नेकपा माओवादी केन्द्रले संकलन गरेको तथ्यंकअनुसार अध्यक्ष प्रचण्ड, केन्द्रीय पदाधिकारीसहित डेढ दर्जनभन्दा बढी नेताहरूको घरमा लुटपात, तोडफोड र आगजनी भएको हो । 

माओवादी केन्द्रले आफ्ना नेताहरू जेनजी आन्दोलनमा घुसपैठ गर्नेहरूको निसानामा परेका जनाएको छ । जेनजीको आक्रमणको कारण नेताहरूका घर तथा सम्पत्ति तोडफोड र आगजनीबाट ध्वस्त भएको नेकपा माओवादीेले जनाएको छ । 

माओवादी केन्द्रको विवरण अनुसार अधिकांश शीर्ष नेताहरूको निजी सम्पत्तिमाथि तोडफोड, लुटपाट र आगजनी भएको छ ।

माओवादी केन्द्रले सार्वजनिक गरेको विवरण:-
१. अध्यक्ष क. प्रचण्डको खुमलटारस्थित निवास र चितवनको घर, लुटपाट, तोडफोड र आगो लगाएर पूरै ध्वस्त । 
२. वरिष्ठ उपाध्यक्ष क. नारायणकाजी श्रेष्ठको हात्तीवनस्थित निवास लुटपाट गरेर पूरै ध्वस्त । 
३. उपाध्यक्ष अग्निप्रसाद सापकोटाको घर तोडफोड र लुटपाट गरेर पूरै ध्वस्त । 
४. उपाध्यक्ष नन्दकिशोर पुनको निवासमा आगजनी, तोडफोड र लुटपाट गरेर क्षतिग्रस्त । 
५. उपाध्यक्ष कृष्णबहादुर महराको दाङस्थित घर तोडफोड र लुटपाट गरेर भग्नावशेषमा परिणत । 
६. उपाध्यक्ष पम्फा भुसालको निवास तोडफोड र लुटपाट ।
७. उपमहासचिव वर्षमान पुनको निवास तोडफोड र लुटपाट ।  
८. उपमहासचिव गिरीराजमणि पोखरेलको निवास तोडफोड र लुटपाट ।
९. सचिव चक्रपाणि खनालको घर आगजनी, तोडफोड र लुटपाट । 
१०. केन्द्रीय सदस्य गंगा दाहालको घर आगजनी, तोडफोड र लुटपाट । 
११. केन्द्रीय सदस्य जीवन आचार्यको विराटनगरस्थित घर आगजनी, तोडफोड र लुटपाट । 
१२. केन्द्रीय सदस्य रेनु दाहालको घर आगजनी, तोडफोड र लुटपाट । 
१३. केन्द्रीय सदस्य माधव सापकोटाको घरमा आगजनी । 
१४. केन्द्रीय सदस्य राजन दाहालको घरमा तोडफोड र लुटपाट । 
१५. ⁠केन्द्रीय सदस्य विशाल खड्काको घर र गाडी पूरै ध्वस्त ।
१६. केन्द्रीय सदस्य युवराज चौलागाईंको घरमा आजगनी ।
१७. ⁠केन्द्रीय सदस्य उमेश यादवको घरमा तोडफोड, लुटपाट ।
१८. ⁠केन्द्रीय सदस्य कमल बुढाथोकीको घरमा लुटपाट ।
१९. केन्द्रीय सदस्य रामनारायण बिडारीको घर आगजनी गरेर ध्वस्त ।
२०. बाँकी थप क्षतिको विवरण संकलन हुँदै । 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७