काठमाडौंमा हट्यो निषेधाज्ञा, हटेन निषेधित क्षेत्र


२०८२ भदौ २८ शनिबार १३:२३ बजे

काठमाडौँ : काठमाडौँमा कर्फ्यु र निषेधाज्ञा हटेको छ । जेनजी पुस्ताको प्रदर्शनसँगै सुरु काठमाडौंमा जारी गरिएको कर्फ्यु र निषेधाज्ञा जिल्ला प्रशासन कार्यालयले हटाइएको हो ।

काठमाडौँ उपत्यकाका अन्य जिल्लाहरु ललितपुर र भक्तपुर जिल्लामा पनि  शान्ति सुरक्षाको अवस्था सामान्य बन्दै गएको भन्दै निषेधाज्ञा तथा कर्फ्यु आदेश हटाइएको सम्बन्धित प्रशासन कार्यालयले सूचनामार्फत सूचित गरेका छन् । 

तर, जिल्ला प्रशासन कार्यालय काठमाडौँका अनुसार निषेधित क्षेत्र यथावत रहेको छ । काठमाडौँका सहायक प्रमुख जिल्ला अधिकारीद्धारा जारी गरिएको विज्ञप्तिमा भनिएको छ,‘प्रमुख जिल्ला अधिकारीको आदेशअनुसार विभिन्न स्थानमा तोकिएको निषेधित क्षेत्रसम्बन्धी आदेश कायमै छ । ’

शुक्रबार राति अन्तरिम सरकार गठन भएसँगै काठमाडौँ उपत्यकासँगै देशभरको जनजीवन सामान्य बन्दै गएको छ । जसका कारण केही जिल्लाबाहेकमा निषेधाज्ञा र कफ्र्यु हट्न थालेको हो ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७