बारामा शनिबार पनि निषेधाज्ञा, राति कर्फ्यू

बारा : जिल्ला प्रशासन कार्यालय बाराले शनिबार लागू हुनेगरी निषेधाज्ञा र कर्फ्यू आदेश जारी गरेको छ ।
प्रमुख जिल्ला अधिकारी प्रकाश पौडेलले शनिबार बिहान सूचना जारी गर्दै बारा जिल्ला भरी निषेधाज्ञा र कर्फ्यू आदेश जारी गरेका हुन् ।
जिल्ला प्रशासन कार्यालयले बिहान १० बजेदेखि साँझ ५ बजेसम्म रहनेछ भने राति ८ बजेदेखि आइतबार बिहान ५ बजेसम्म कर्फ्यू आदेश जारी गरेको हो ।
निषेधाज्ञा र कर्फ्यूको समयमा भिड् जम्मा गर्न, जुलुस, प्रदर्शन, बैठक,सभा गर्न निषेध रहेको सूचनामा उल्लेख छ । प्रशासनले अत्यावश्यक कामबाहेक बाहिर ननिस्कन अनुरोध गरेको छ ।