रूसको क्यामचात्का क्षेत्रमा ७.४ रेक्टर स्केलको  भूकम्प


२०८२ भदौ २८ शनिबार १३:५६ बजे

रूसको क्यामचात्का प्रायद्वीपको तटमा ७.४ म्याग्निच्युडको भूकम्प गएको छ । यस भूकम्पको केन्द्र कामचात्स्की सहरको १११ किलोमिटर पूर्वमा थियो, जुन क्यामचात्का क्षेत्रको प्रशासनिक केन्द्र हो । 

भूकम्पको गहिराइ ३९.५ किलोमिटर थियो । प्रशान्त महासागर सुनामी चेतावनी केन्द्रले सुरुमै यस भूकम्पका कारण ’खतरनाक’ सुनामीका लहर उत्पन्न हुने चेतावनी दिएको थियो । पछि भने, उक्त चेतावनी हटाइयो र ’सुनामीको खतरा अब टरेको’ भनेको छ । यस भूकम्पको कारण कुनै ठुलो सुनामी उत्पन्न भएको छैन र त्यसले तटीय क्षेत्रहरूमा खास असर गरेको पनि देखिएको छैन ।

जुलाई महिनामा क्यामचात्का प्रायद्वीपमा एक अत्यन्त शक्तिशाली भूकम्प ८.८ म्याग्निच्युडको आएको थियो । यस भूकम्पले प्रशान्त महासागरमा ४ मिटर उचाइका सुनामीका लहर उत्पन्न गरेको थियो । यो भूकम्प २०११ मा जापानको ९.१ म्याग्निच्युडको भूकम्पपछि आएको सबैभन्दा शक्तिशाली भूकम्प हो । 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७