प्रधानमन्त्रीद्वारा घाइते प्रदर्शनकारीको अवस्थाबारे चासो

काठमाडौं – नवनियुक्त प्रधानमन्त्री सुशीला कार्की उपचाररत घाइतेहरूलाई भेट्न अस्पताल जाँदैछिन् ।
जेनजी आन्दोलनका क्रममा घाइते भएका प्रदर्शनकारीहरूलाई भेट्न उनी ट्रमा सेन्टर र बानेश्वरको सिभिल अस्पताल जान लागेकी हुन् ।
शुक्रबार राति प्रधानमन्त्रीमा नियुक्त भएकी कार्की अस्पताल पुगेर उपचाररत घाइतेहरूको अवस्था बुझ्ने कार्यक्रम रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
अस्पताल भ्रमणपछि उनले आन्दोलनका क्रममा आगजनी र तोडफोड भएको कोटेश्वरस्थित प्रहरी चौकी र महाराजगञ्ज प्रहरी वृत्तको निरीक्षण गर्नेछिन्।
जेनजी आन्दोलनमा हालसम्म ५१ जनाको ज्यान गएको छ भने सयौं घाइतेहरू विभिन्न अस्पतालमा उपचाररत छन् ।