जंग्गीअड्डाबाट निस्किएर हर्क साम्पाङले भने : म प्रधानमन्त्रीको लागि रेडि छु

काठमाडौं : धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङले अन्तरिम सरकारको नेतृत्व गर्न आफू तयार रहेको बताएका छन्। जंगीअड्डा प्रधानसेनापति अशोकराज सिग्देललाई भेटेर निस्किनेक्रममा सञ्चारकर्मीसँग कुरा गर्दै ‘म त रेडि नै छु।’
आगामी सरकारको नेतृत्वमा पूर्वप्रधानन्यायाधीश सुशिला कार्कीलाई अघि बढाउने प्रस्ताव भएपछि विवाद सुरु भएको छ । अहिले नेपाली सेनाको मुख्यालयमा जेनजी युवाहरूले नयाँ नेतृत्वको विषयलाई लिएर प्रदर्शन गरिरहेका छन् ।
उनीहरूले कार्की नयाँ नेतृत्वमा आउन नहुने भन्दै विरोध गरिरहेका हुन् । उता, कार्कीलाई काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले समेत समर्थन गरेको दाबी गरिएको छ । यसविचमा साम्पाङले पनि दाबी प्रस्तुत गरेका हुन् ।