कुलमान पनि नागरिक सरकारको नेतृत्व गर्न तयार


२०८२ भदौ २५ बुधबार १८:५२ बजे

काठमाडौं : उज्यालो नेपालका नायक कुलमान घिसिङ पनि अन्तरिम मन्त्रिपरिषद्को नेतृत्व तयार भएका छन् । घिसिङका सचिवालय स्रोतका अनुसार घिसिङसँग जेनजी समूह, प्रधानसेनापति अशोकराज सिग्देल, काठमाडौं महानगरका मेयर बालेन शाहले छलफल गरेका छन् । 

घिसिङका सचिवालय स्रोतका अनुसार घिसिङसँग जंगीअड्डामा प्रधानसेनापति  सिग्देलले बुधबार (आज) छलफल गरेका छन् । यसैगरी उनी काठमाडौं महानगरका मेयर शाहसँग यसअघिदेखि नै निरन्तर सम्पर्कमा रहेको बताइन्छ । 

जेनजी समूहको भर्चुअल छलफलहरूमा घिसिङलाई अन्तरिम मन्त्रिपरिषद्को नेतृत्व गरिदिन पनि आग्रह गर्नुपर्ने आवाजहरू उठेका छन्। 

बुधबार दिनभर जनेजी युवाले सामाजिक सञ्जाल डिस्कर्डमा समेत कसलाई नेतृत्वमा ल्याउने भन्ने विषयमा छलफल गरेका थिए । त्यसक्रममा समेत घिसिङको पक्षमा पनि बलियो मत प्रस्तुत भएको छ ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७