जंगीअड्डामा दुर्गा प्रसाईं

काठमाडौं : दुर्गा प्रसाईंले प्रधानसेनापति अशोकराज सिग्देलसँग भेट गरेका छन् । प्रधानसेनापति सिग्देलसँग भेटमा देशको पछिल्लो अवस्था र आगामी बाटोबारे गहिरो छलफल भएको प्रसाईंले बताएका छन् ।
सामाजिक सञ्जालमा स्टटास लेख्दै प्रसाइंंले आज दिनभर प्रधानसेनापतिसँग देशको पछिल्लो अवस्था र आगामी बाटोबारे गहिरो छलफल भएको बताएका छन् । लामो छलफलपछिको मेरो निष्कर्ष स्पष्ट छ- मलाई नेतृत्वको मोह छैन ।’
प्रसाईंको थप भनाइ :
आजको विषम घडीमा म सस्तो राजनीति र टिकाटिप्पणीमा लाग्दिनँ । अब चाहिएको कुरा हो— गम्भीरता, राष्ट्रिय एकता र रचनात्मक बाटोको खोज । सहज निकासका लागि सबैको साथ र सुझाव अपरिहार्य छ । यो हाम्रो पुस्ताको मात्र होइन, सम्पूर्ण राष्ट्रको भविष्यको प्रश्न हो । अब समय आएको छ— भावनाभन्दा माथि उठेर, व्यक्तिगत स्वार्थभन्दा पर सोचेर, देशलाई बाँच्ने बाटो देखाउने हाम्रो साझा जिम्मेवारी पूरा गर्न ।