अराजक गतिविधि रोक्न नेपाली सेनाको चेतावनी

काठमाडौं : नेपाली सेनाले अराजक गतिविधि रोक्न चेतावनी दिएको छ। अहिलेको विषम परिस्थितिको फाइदा उठाएर केही समूहले सर्वसाधारण नागरिक तथा सार्वजनिक सम्पत्तिमा अत्यधित क्षति पुर्याउने, लुटपाट एवम् आगजनी गरिरहेको भन्दै सेनाले त्यसलाई तुरुन्त रोक्न भनेको छ।
एक सूचना जारी गर्दै सेनाले भदौ २४ गते राति १० बजेदेखि नेपाली सेना लगायतका सुरक्षा निकायहरू आफ्नो जिम्मेवारीमा दृढतापूर्वक प्रस्तुत हुने जनाएको छ।
नेपाल सेनाले सूचनामा भनेको छ, ‘विषम परिस्थितिको अनुचित फाइदा उठाई केही समूहहरूले सर्वसाधरण नागरिक तथा सार्वजनिक सम्पत्तिमा समेत अत्यधिक क्षति पुर्याउने, लुटपाट एवै आगजनी गर्ने कार्य भइरहेको हुँदा यस किसिमका गतिविधिहरू नगर्न नगराउन नेपाली सेना पुनस् आग्रह गर्दछ ।’