आन्दोलन स्थागित गरी वार्तामा आउन प्रधानसेनापतिको अपिल


२०८२ भदौ २४ मंगलबार २१:१६ बजे

काठमाडौं :  नेपाली सेनाका प्रधानसेनापति अशोकराज सिग्देलले आन्दोलनरत पक्षलाई शान्तिपूर्ण निकासका लागि वार्तामा आउन आह्वान गरेका छन् । प्रधान सेनापति अशोकराज सिग्देलले भिडिओ सन्देश जारी गरी वार्ताका लागि आह्वान गरेका हुन्।

आन्दोलनका क्रममा अपूरणीय क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै सिग्देलले धेरै जनधनको क्षति भइसकेको हुँदा क्षति हुन नदिन र शान्ति सुरक्षा, अमन चयन र शान्ति कायम गर्नु सबैको जिम्मेवारी रहेको बताएका छन्।

त्यस्तै सुरक्षाको प्रत्याभूति दिई रक्षा गर्नु हामी सबैको कर्तव्य भएकाले आन्दोलनका कार्यक्रम स्थागित गरी वार्तामा आउन उनले भनेका छन्।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७