राष्ट्रको नाममा सम्बोधन गर्दै प्रधानसेनापति


२०८२ भदौ २४ मंगलबार १९:०० बजे

काठमाडौं : प्रधानसेनापति अशोकराज सिग्देलले राष्ट्रको नाममा सम्बोधन गर्ने भएका छन् । यसअघि नेपाली सेनाले देशको परिस्थिति थप जटिल नबनाउन विशेष अनुरोध गरेको छ। 

नेपाली सेनाले वक्तव्य जारी गर्दै विषम परिस्थितिमा देशको ऐतिहासिक, सांस्कृतिक, पुरातात्विक र राष्ट्रिय सम्पत्तिको संरक्षण गर्नु हामी सबैको दायित्व भएकाले विद्यमान परिस्थितिलाई थप जटिल हुन नदिन सामाजिक सद्भाव तथा राष्ट्रिय एकतालाई कायम राख्दै संयमित हुन युवा जनशक्ति र देशवासीमा अनुरोध गरेको हो। 

सेनाले नेपालमा हाल भइरहेको जेनजी आन्दोलनका विकसित घटनाक्रमहरुबारे नेपाली सेनाले विश्लेषण गरिरहेको उल्लेख गरेको छ। 

‘यस आन्दोलनको क्रममा हुनपुगेको जनधनको अपूरणीय क्षतिप्रति गहिरो दुःख प्रकट गर्दै दिवंगत आत्माको चिरशान्तिको कामना गर्नुका साथै शोकसन्तप्त परिवारजनप्रति नेपाली सेना हार्दिक समवेदना र सहानुभूति व्यक्त गर्दछ’, सेनाले भनेको छ, ‘साथै घाइते बिरामीहरुको शीघ्र स्वास्थ्यलाभको कामना समेत गर्दछ।’

सेनाले नेपालको स्वतन्त्रता, सार्वभौमसत्ता, भौगोलिक अखण्डता, स्वाधीनता, राष्ट्रिय एकताको रक्षा र नेपाली जनताको जिउधनको सुरक्षार्थ विषम परिस्थितिमा पनि नेपाली सेना प्रतिबद्ध रहिआएको उल्लेख गर्दै युवाहरुलाई संयमित रहन आग्रह गरेको छ। 


 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७