डा. सन्दुक रुईटको अपिल : सार्वजनिक सम्पत्ति जोगाऔं, संयमित बनौं


२०८२ भदौ २४ मंगलबार १७:४० बजे

काठमाडौं :  वरिष्ठ नेत्र चिकित्सक डा. सन्दुक रुइतले देशभर भइरहेको विरोध प्रदर्शनका क्रममा सार्वजनिक सम्पत्तिको संरक्षण गर्न प्रदर्शनकारीहरूलाई विशेष अपिल गरेका छन्।

मंगलबार उनले आन्दोलनरत युवा–विद्यार्थीहरूको साहस र दृढताले असहिष्णु र भ्रष्ट राजनीतिक नेतृत्वलाई पछि हट्न बाध्य पारेको भन्दै यो उपलब्धिलाई थप सशक्त बनाउन संयमित रूपमा अघि बढ्न आग्रह गरेका हुन्।

डा. रुइतले भने, 'सार्वजनिक सम्पत्ति माथि आगजनी गर्नु र नष्ट गर्नु उचित हुँदैन। सार्वजनिक सम्पत्तिको संरक्षण गर्नु हरेक नागरिकको पहिलो दायित्व हो। तसर्थ सार्वजनिक सम्पत्तिको नोक्सानी नगरौं र गर्न नदिउँ। संयम बनौं।'


 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७