इटहरीमा गोली लागेर २ जनाको मृत्यु

काठमाडौँ : भ्रष्टाचार र सामाजिक सञ्जाल प्रतिबन्धविरुद्ध जारी प्रदर्शनको क्रममा इटहरीमा प्रहरीको गोली लागेर २ जनाको मृत्यु भएको छ ।
प्रहरीले चलाएको गोली लागेर गम्भीर घाइते भएकालाइ बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लगिएको थियो । धरान पुर्याए लगतै चिकित्सकले मृत घोषित गरेको प्रहरीले बताएको छ ।
उनीहरूको पहिचान भने हुन बाँकी छ ।