‘जेनजी विद्रोह’ पछि खुल्यो सामाजिक सञ्जाल


२०८२ भदौ २४ मंगलबार ०७:५८ बजे

काठमाडौं । सरकारले सामाजिक सञ्जाल खुलाएको छ । सोमबार भएको जेनजीको प्रदर्शनपछि सामाजिक सञ्जाल खुलाइएको हो ।

सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकपछि सामाजिक सञ्जाल खुलाइएको सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङले बताए।

जेनजीको सदाशयताका लागि सामाजिक सञ्जाल खुला गरिएको उनको दाबी छ ।

सरकारले दर्ता हुन नमानेको यसअघि मेटा, एक्सलगायत सामाजिक बन्द गरेको थियो ।

मन्त्रिपरिषद् बैठकले सामाजिक सञ्जाल खुलाउने निर्णय नगरे पनि पछि सत्तारुढ दलका नेताको दबाबमा सरकारले राति १० बजेपछि खुलाएको हो।

भ्रष्टाचार र बेथितिविरुद्ध जेनजीले सोमबार राजधानी काठमाडौँसहित देशका विभिन्न सहरमा प्रदर्शन गरेको थियो। 

प्रदर्शनमा सरकारी दमनका कारण १९ जना युवा मारिएका छन् भने ४२२ जना घाइते भएका छन् ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७