बागमतीका ३ जिल्लामा आइतबार सार्वजनिक बिदा


२०८२ भदौ २१ शनिबार १४:१० बजे

काठमाडौँ : बागमती प्रदेश सरकारको निर्णयअनुसार चितवन, मकवानपुर र धादिङ जिल्लामा आइतबार सार्वजनिक बिदा दिइने भएको छ।

आन्तरिक मामिला तथा कानून मन्त्रालयले जारी गरेको सूचनामा भनिएको छ, चेपाङ समुदायको प्रमुख पर्व न्वागी (छोनाम) को अवसरमा यी जिल्लामा बिदा दिने निर्णय गरिएको हो।

चेपाङ समुदायको बाक्लो बसोबास रहेका यी जिल्लामा उनीहरूको संस्कृति र परम्परालाई सम्मान गर्न सरकारले बिदा घोषणा गरेको मन्त्रालयद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

बिदाको दिन आइतबार सबै सरकारी कार्यालय, सार्वजनिक संस्थान र विद्यालयहरू बन्द रहने मन्त्रालयले जानकारी दिएको छ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७