सामाजिक सञ्जाल बन्दबारे मानव अधिकार आयोगको ध्यानाकर्षण


२०८२ भदौ २० शुक्रबार २०:०९ बजे

काठमाडौँ : राष्ट्रिय मानव अधिकार आयोगले सरकारको ध्यानाकर्षण गराएको छ। आयोगले अभिव्यक्ति स्वतन्त्रता र सूचना पाउने नागरिकको अधिकार कुण्ठित हुने भन्दै सामाजिक सञ्जाल बन्द गर्ने निर्णय पुनर्विचार गर्न आग्रह गरेको हो ।

शुक्रबार जारी विज्ञप्तिमा आयोगले भनिएको छ, “सामाजिक सञ्जाल बन्द गर्ने कदमले आम नागरिकको जीवनशैली, व्यवसाय, सञ्चार र मानव अधिकारमा प्रतिकूल असर पार्ने भएकाले यस्तो निर्णय लोकतान्त्रिक शासन प्रणालीसँग असंगत हुन्छ।”

आयोगका अनुसार सेवा प्रदायकलाई अनुमति वा दर्ता मार्फत नियमन गर्नु सरकारको कर्तव्य भए पनि लामो समयसम्म पूर्णरूपमा सामाजिक सञ्जाल बन्द गर्नु उचित हुँदैन । अन्तर्राष्ट्रिय कानुन र नेपालको संविधानले अभिव्यक्ति स्वतन्त्रता सुनिश्चित गरेको उल्लेख गर्दै आयोगले वैकल्पिक उपाय खोज्न सरकारलाई सुझाव दिएको छ।

आयोगका सहसचिव एवं प्रवक्ता डा. टीकाराम पोखरेलद्वारा हस्ताक्षरित विज्ञप्तिमा सरकारलाई सामाजिक सञ्जालको नियमन र व्यवस्थापनका लागि व्यवहारिक र अधिकारसम्मत विकल्प अपनाउन आग्रह गरिएको छ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७