विधान महाधिवेशनका प्रतिनिधिलाई विद्याको सन्देश  : म तपाईँहरूसँगै छु


२०८२ भदौ २० शुक्रबार १९:२४ बजे

काठमाडौं : पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आफूले पठाएको पत्र अध्ययन गरेर सुझाव दिन नेकपा (एमाले) का विधान महाधिवेशनमा सहभागी हुन आएका प्रतिनिधिलाई आग्रह गरेकी छन्। 

शुक्रबारबाट ललितपुरको गोदावरीमा सुरु भएको दोस्रो विधान अधिवेशनमा सहभागी हुन बञ्चित भएपछि उनले पत्रमार्फत शुभकामना सन्देश पठाएकी थिइन् । शुक्रबार  पूर्वराष्ट्रपति भण्डारीले शुभकामना सन्देश दिँदै चिठी अध्ययन गर्न आग्रह गरेकी हुन्।

विधान महाधिवेशनका प्रतिनिधिहरूलाई भण्डारीले भावनात्मक र संगठनात्मक हिसाबले अघि बढ्न पनि आग्रह गरेकी छिन् । न्युज एजेन्सी नेपाल मार्फत भनेकी छिन् , ‘एमालेको काँधमा देश विकास गर्ने ठूलो जिम्मेवारी रहेको र त्यसलाई पूरा गर्न भावनात्मक, सांगठनात्मक रूपमा एकसाथ भएर अघि बढ्नुस्, म पनि यहाँहरूकै साथमा छु ।’ 

भण्डारीले प्रत्यक्ष भेट भेघाट गर्न नपाए पनि भेटेसरह सन्देशमा बताएकी छिन् । भनेकी छिन्, ‘बीचमा पार्टीले मलाई राष्ट्रपति निर्वाचनमा उम्मेदवार बनाएर पठाएको हुनाले राष्ट्रिय जिम्मेवारीमा रहेँ । त्यतिबेला हाम्रो भेटघाटहरू कम भएको हुनसक्छ । तथापि हाम्रो उद्देश्य एउटै हो । हामी सधैँ सँगै नै छौं । यहाँहरूलाई मैले प्रत्यक्ष भेटघाट गर्न नपाए पनि मैले भेटेसरह नै मानेको छु ।’  

नेकपा एमालेको सचिवालय बैठकले पार्टी सदस्य नरहेको व्यक्ति विधान अधिवेशनमा सहभागी हुन नसक्ने निर्णय गरेको थियो । बिहीबार साँझ बसेको सचिवालय बैठकले पार्टीले कसलाई सदस्यता दिने वा नदिने भन्ने विषय केन्द्रिय कमिटीको अधिकारक्षेत्रभित्र पर्ने र पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको सदस्यता नवीकरण नभएको अवस्थामा विधान अधिवेसनमा एजेण्डा पनि बन्न नसक्ने बताएको थियो ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७