संसदीय सुनुवाइ समितिको सभापतिमा खतिवडा


२०८२ भदौ २० शुक्रबार १९:२४ बजे

काठमाडौं : नेपाली कांग्रेसका सांसद रामहरि खतिवडा संसदीय सुनुवाइ समितिको सभापतिमा निर्विरोध चयन भएका छन् । 

समितिकी पूर्वसभापति ईश्वरीदेवी न्यौपानेले राजीनामा दिएपछि रिक्त पदमा खतिवडाको एकल उम्मेदवारी परेको थियो। समितिको बैठकमा सांसद श्यामकुमार घिमिरेले खतिवडालाई सभापति बनाउन प्रस्ताव गरेका थिए भने नेकपा एमालेका सांसद महेश बर्तौलाले त्यसलाई समर्थन जनाएका थिए । 

यसअघि खतिवडा राज्य व्यवस्था समितिको सभापति रहिसकेका छन् । संघीय निजामती सेवा विधेयकमा कुलिङ अफ पिरियडसम्बन्धी विवादमा छानबिन समितिले उनलाई नैतिक तथा राजनीतिक जिम्मेवार ठहर गरेपछि उनले सभापतिबाट राजीनामा दिएका थिए।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७