एमाले संगठित सदस्य ३० प्रतिशतले वृद्धि : ६ लाख ६२ हजार ९ सय ६१ जना पुग्यो 

कुन प्रदेशमा कति कमिटी ?


२०८२ भदौ २० शुक्रबार १९:३१ बजे

काठमाडौं :  नेकपा (एमाले) मा नवीकरण भएका संगठित सदस्य ६ लाख ६२ हजार ९ सय ६१ जना पुगेको छ । महासचिव शंकर पोखरेलले प्रस्तुत गरेको संगठनात्मक प्रतिवेदन अनुसार नवीकरण भएका संगठित सदस्यहरू ६ लाख ६२ हजार ९ सय ६१ जना पुगेको हो ।

महासचिव पोखरेलका अनुसार कोशीमा १ लाख १४ हजार ७१०, मधेशमा १ लाख ५६ हजार ४१, बागमतीमा १ लाख १६ हजार ४९९, गण्डकीमा ५५ हजार ५१२ सदस्य रहेका छन् ।

यस्तै, लुम्बिनीमा ८० हजार ३५२, कर्णालीमा ४७ हजार ६४७, सुदूरपश्चिममा ६३ हजार ११०, उपत्यका विशेष प्रदेश ८ हजार ७८१, सम्पर्कमा १३ हजार ७५२, भारत प्रवासमा १ हजार ७५२, प्रवासमा ४ हजार ६२० र केन्द्रीय कार्यालयमा ८५० सदस्य रहेको प्रतिवेदनमा उल्लेख छ । 

कुन प्रदेशमा कति कमिटी ?

प्रतिवेदन अनुसार कोशी प्रदेशमा १४ जिल्ला कमिटी र १३६ पालिका कमिटी रहेको छ । त्यसैगरी वडा कमिटी १ हजार १५७ र टोल कमिटी ७ हजा १०१ रहेको छ । कोशी प्रदेशमा कुल ८ हजार ४०८ कमिटी रहेको छ ।  मधेस प्रदेशमा ८ जिल्ला कमिटी, १३६ पालिका, १ हजार २७१ वडा, ६ हजार ५१५ टोल कमिटी गरी कुल ७ हजार ९३० रहेको छ ।

बागमती प्रदेशमा १३ जिल्ला, १११ पालिका, १ हजार १२१ वडा, १४ हजार २०६ टोलसहित कुल १५ हजार ४५१ कमिटी रहेको छ । गण्डकी प्रदेशमा ११ जिल्ला कमिटी, ८५ पालिका, ७५९ वडा, ५ हजार ५६० सय टोल गरी कुल ६ हजार ४१५ कमिटी रहेको छ ।

लुम्बिनी प्रदेशमा १२ जिल्ला, १०९ पालिका, ९८३ वडा, ९ हजार २६७ टोल गरी कुल १० हजार ३७१ कमिटी रहेको छ ।

कर्णाली प्रदेशमा १० जिल्ला कमिटी, ७९ पालिका, ७१८ वडा, ६ हजार ४५३ टोलसहित कुल ७ हजार २६० कमिटी रहेको छ ।

सुदूपश्चिम प्रदेशमा ९ जिल्ला, ८८ पालिका, ७३४ वडा, ५ हजार ८५० टोलसहित गर्दा कुल ६ हजार ६८१ कमिटी रहेको छ ।

त्यसैगरी समन्वय सम्पर्क अन्तर्गत ७ जिल्ला, ७४ पालिका, ७४३ वडा कमिटी गरी कुल ८२४ वटा सम्पर्क समन्वय कमिटी रहेका छन् ।

प्रवासी नेपाली मञ्चलाई ५ जिल्ला कमिटीको हैसियत, ३६ पालिका, ७० वटा वडा गरी कुल १११ कमिटी रहेको छ । प्रवासी नेपाली संघ भारत शाखामा १० वटा जिल्ला, १४१ पालिका, ४१६ वडा तह गरी कुल ५६७ कमिटी रहेको छ ।

तथ्यांहरूलाई केलाउँदा जिल्ला तहमा ९ हजार ७७४ जना नेता, कार्यकर्ता आबद्ध छन् । पालिका तहमा ४१ हजार ६३३, वडामा १ लाख ७४ हजार २४५, टोलमा २ लाख १ हजार ३६४ जना रहेका छन् ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७