रास्वपाले प्रदेश, जिल्ला र तल्लो संरचनालाई सशक्त बनाउने


२०८२ भदौ १२ बिहीबार २१:५४ बजे

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रदेश, जिल्ला र तल्लो संरचना सुदृढीकरण गर्दै सशक्त बनाउने भएको छ । सचिवालय बैठकमा समसामयिक राजनीतिक एवं संगठन गतिविधिबारे छलफल र निर्णय भएको प्रवक्ता मनिष झाले जानकारी दिएका छन् । 

पार्टीको संगठन गतिविधि, प्रशिक्षण कार्यक्रम, हस्ताक्षर अभियान लगायतका विषयमा र आगामी कार्यक्रमवारे बैठकमा छलफल भएको उनले बताए । उनले भने, ‘केन्द्रीय विभागहरूलाई गतिशील बनाउने केन्द्रीय सङ्गठन विभाग, केन्द्रीय प्रशिक्षण विभाग, केन्द्रीय अभियान तथा प्रचारप्रसार विभाग र प्रवास नेपाली सम्पर्क विभागलाई थप गतिशील बनाउने निर्णय भएको छ ।’

प्रदेश तथा जिल्ला संगठनलाई थप रणनीतिक रूपमा सशक्त बनाउन, वडा अधिवेशन, पालिका अधिवेशन र जिल्ला अधिवेशन तोकिएको समयमा सम्पन्न गर्ने लक्ष्य, तालिका र कार्यनीति तयारीका लागि आवश्यक अख्तियारी प्रदेश इन्चार्जलाई दिने र संगठन सुदृढीकरणका लागि रणनीतिक प्रस्ताव सचिवालयमा पेश गर्न निर्देशन दिने निर्णय भएको समेत बताए ।

रूपन्देही–३ मा हुने उपनिर्वाचनका लागि उम्मेदवार छनोट प्रक्रिया लोकतान्त्रिक, पारदर्शी, जनपक्षीय र योग्यताका आधारमा हुने व्यवस्थाको सर्वत्र स्वीकार्यता देखिएकोप्रति कृतज्ञता व्यक्त गर्दै सहयोग पु¥याउने सबैललाई बैठकले धन्यवाद दिएको छ ।

उनले भने, ‘प्रारम्भिक छनोट प्रक्रियामा असाध्यै मेहनत, उत्साह र इमानदारीका साथ सहभागी हुनु भएका नौ उम्मेदवारहरूको भूमिकाप्रति कृतज्ञता व्यक्त गर्दै, प्रारम्भिक निर्वाचनलाई महत्वपूर्ण मानिएकोले सामाजिक आचारसंहिताभित्र रही सद्भावपूर्ण सहभागिताका लागि सबैलाई आह्वान गरिएको छ ।’

पार्टीले सञ्चालन गर्ने प्रारम्भिक निर्वाचन कार्यविधि, २०८२ र वडा परिषद् कार्यविधि, २०८२ स्वीकृत गर्ने निर्णय गरेको समेत बताए । कृषि, स्वास्थ्य, उद्योग तथा वाणिज्य, श्रम तथा रोजगार तथा सहकारी क्षेत्रका विज्ञहरूलाई सम्बन्धित क्षेत्रका समस्या विश्लेषण, समाधानका उपायहरूको पहिचान तथा अन्वेषण गर्ने र विज्ञहरूसँगको छलफलमार्फत राष्ट्रिय समृद्धिमा योगदान पु¥याउन आवश्यक नीति–कार्यक्रमका सुझावसहितको प्रतिवेदन पेश गर्ने कार्यमा संलग्न गराउने निर्णय गरेको पनि बताए । 
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७