एमालेमा विद्या भण्डारी बाहेक मलाई चुनौती दिने कसैको दम छैन : अध्यक्ष ओली

‘ईश्वर पोखरेल कहाँ पुग्नुहुन्छ, बाटो बिराएर हिँड्नु भएन’ 


२०८२ भदौ १२ बिहीबार ००:१९ बजे

काठमाडौं : नेकपा (एमाले) का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई पार्टीमा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी बाहेक कसैले चुनौति दिन नसक्ने बताएका छन् ।  पार्टीको विधान महाधिवेशनमा काठमाडौँ जिल्लाबाट प्रतिनिधित्व गर्ने एमाले नेताहरूको भेलामा ओलीले भनेका थिए, ‘विद्याबाहेक कसैको दम छैन, उहाँले छोडे सबै कुरा मिल्छ।’

प्रधानमन्त्रीको सरकारी निवास निवास बालुवाटारमा बुधबार साँझ आयोजित भेलामा अध्यक्ष ओलीले विधान महाविधेशन प्रतिनिधिहरुलाई आफ्नो पक्षमा लाग्न लामो प्रशिक्षण दिएर सम्झाएका थिए । 

भण्डारी पक्षले अन्तर संघर्ष चर्काएपछि जिल्ला-जिल्लाका नेताहरू र विधान महाधिवेशन प्रतिनिधिहरूलाई समेत बालुवाटार बोलाउँदै अध्यक्ष ओलीले आफ्नो निर्णयको पक्षमा उभिन निर्देशन दिइरहेका छन् । यही श्रृखला अन्तरगत पार्टीको विधान महाधिवेशनमा काठमाडौँ जिल्लाबाट प्रतिनिधित्व गर्ने एमाले नेताहरूहरुलाई बोलाएका हुन् । 

भेलामा अध्यक्ष ओलीले दिएको मन्तव्यको बुँदाहरु एमाले काठमाडौं जिल्ला कमिटीका अध्यक्ष दीपक निरौलाले सार्वजनिक गरेका छन् । ‘उहाँ (विद्या भण्डारी) ले एमाले अध्यक्षमा अब मलाई सहयोग गर्नु, तपाईं चलाउन सक्नुहुन्न भन्नुभयो। तर मैले भ्रममा नपर्नू, पार्टी चलाउन अनुभव छैन भनेँ,’ बैठकमा अध्यक्ष ओलीले भने, ‘राष्ट्रपति भइसकेको मान्छै राजनीतिमा आउनु हुँदैन।’ 

भण्डारीले आफूलाई पार्टी चलाउन नसक्ने भन्दै जिम्मा दिन पनि भनेको पनि ओलीले बताए । ‘उहाँले मलाई सहयोग गर्नुस्, तपाईं चलाउन सक्नुहुन्न भन्नुभयो’, उनले भने, ‘उहाँ अहिले च्यासलले पार्टी सदस्यता खायो भन्नुहुन्छ, सदस्यता खाएको छैन। पार्टीमा निवेदन दिएको छैन, प्रक्रिया मिलेन।’

अध्यक्ष ओलीले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले बाटो बिराएको पनि दाबी गरे । भने, ‘ईश्वर पोखरेल कहाँ पुग्नुहुन्छ, बाटो बिराएर हिँड्नु भएन।’ ओलीले नेता विनोद ढकालले आफूलाई नवौँ महाधिवेशनमामा महत्वपूर्ण सहयोग गरेको पनि भेलामा बताए । उनले भनेका थिए,  ‘विनोद ढकाल (नवौँ महाधिवेशनमा) मलाई सहयोग गर्ने प्रमुख पात्र हुन्।’ 

अध्यक्ष ओलीले विधान अधिवेशन एकताको अधिवेशन हुने  विधान अधिवेशनमा अन्यथा गर्नेको महाधिवेशनमा हिसाब- किताब गरिने पनि चेतावनी दिए । 

उनले एमालेको दुईतिहाइ आउने बेलामा २०५४ सालमा वामदेव गौतमले पार्टी फुटाएको जिकिर गरे । ‘पार्टीको दुई-तिहाइ मत आउँदै थियो तर वामदेवले फुटाए र माले बनाउनुभयो’, उनले भने, ‘हामी एक-अर्कालाई निष्कासन गर्दै अघि बढ्यौँ । त्यहीकारण हालको पार्टी बनेको हो।’

अध्यक्ष दीपक निरौलाका अनुसार ओलीले भनेका थिए, 

  • पार्टीलाई दुई-तिहाइ बहुमत आउँदै थियो तर वामदेवले २०५४ सालमा एमाले फुटाउनुभयो।
  • एक-अर्कालाई निष्कासन गर्दै अघि बढ्यौँ र हालको पार्टी बनेको हो।
  • अहिले केहीले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको फोटो राखेर धन्दा गर्छन्।
  • च्यासलले सदस्यता खायो भन्नुहुन्छ, सदस्यता खाएको छैन। पार्टीमा निवेदन दिएको छैन, प्रक्रिया मिलेन
  • बालुवाटार बोलाएको आउनुभएन, पार्टी कार्यालयमा च्यासलमै भेटियो।
  • सदस्यता नवीकरण हुँदैन, पार्टीले निर्णय गर्नुपर्छ।
  • राष्ट्रपति भइसकेको मान्छै राजनीतिमा आउनु हुँदैन।
  • उहाँले ‘एमाले अध्यक्षमा अब मलाई सहयोग गर्नु, तपाईं चलाउन सक्नुहुन्न’ भन्नुभयो
  • तर मैले भ्रममा नपर्नू, पार्टी चलाउन अनुभव छैन भनेँ।
  • चुनाव लड्ने त भन्नुभयो, ‘यहाँ हाम्रो पार्टीमा चुनाव लड्नु पर्दैन’ भनेँ।
  • पूर्वराष्ट्रपति भएकाले अशोभनीय गतिविधि गर्नु भएन।
  • पार्टीको पक्षमा नबोल्नेहरूलाई भेला गरेर हिँड्नु भएको छ।
  • चक्रपथ अनलाइनमा मेरोबारेमा जथाभावी लेखाउने काम भयो।
  • मदन भण्डारी फाउन्डेशन मैले खोलेको हो । त्यसबेला जन्मजयन्ती र स्मृति दिवस पनि मनाउन नदिएकोले फाउन्डेशन खोलेँ
  • अरूले राजमाता हुन भनिरहँदा मैले विद्यालाई अघि सारेँ।
  • उहाँले नेकपा एमालेमा आएर अध्यक्ष हुनु सम्भव छैन।
  • आ-आफ्नो योग्यता कारण हामी यहाँ आइपुगेका हौँ।
  • आन्दोलनलाई पार्टीले अघि बढाएको छ तर यो नदेख्ने र विरोधीलाई सहयोग गर्ने काम भएको छ।
  • सरकारले गरेका सकारात्मक कामको चर्चा भएन।
  • अदालतमार्फत् बाधा हाल्ने प्रयास गरिएको छ, बाधा पन्छाएर अघि बढिन्छ।
  • सेन्टिमेन्टमा गएर हुँदैन, मदन भण्डारीका विचार पवित्र हुन्, घर होइन।
  • जबज कुनै परिवारको सम्पत्ति होइन।
  • जबज फाउन्डेशनले बचाउने पनि होइन।
  • जबजका नाममा पार्टीमा समस्या ल्याउने होइन।
  • ईश्वर पोखरेल कहाँ पुग्नुहुन्छ, बाटो बिराएर हिँड्नु भएन।
  • अभागीलाई खाने बेलामा रिस उठ्छ।
  • विनोद ढकाल (नवौँ महाधिवेशनमा) मलाई सहयोग गर्ने प्रमुख पात्र हुन्।
  • विधानबारे कर्णबहादुर थापाले गलत कुरा गरे।
  • पत्रकारले पार्टी सदस्यता दिने होइन।
  • गणतन्त्र गौरवलाई विवादमा पार्ने काम भयो।
  • विद्याजीलाई अध्यक्ष दिन सकिन्न, चुनाव भयो भने हार्नुहुन्छ।
  • लालगेडी भएर पार्टी चल्दैन, त्यसैले विद्याजीको सम्भावना छैन।
  • मैले जति सम्मान अरुले गरेका छैनन्, विद्याजीलाई साथ दिँदा म अपमानित हुनुपरेको छ।
  • म एक्लो थिइनँ,  मदन र म सहकार्यमा थियौँ।
  • म सपनामा छु कि जस्तो लाग्छ।
  • विद्याबाहेक कसैको दम छैन, उहाँले छोडे सबै कुरा मिल्छ।
  • विद्याजीको सम्मानका लागि उहाँलाई नउचालौँ।
  • व्यक्ति ठूलो कुरा होइन, आन्दोलन बचाउनुपर्छ।
  • विद्या भण्डारी सम्पत्ति होइन।
  • उहाँको लडाइँ सदस्यताको होइन।
  • प्रोटोकल हेरेर प्रतिष्ठा बनाउन हुँदैन।
  • सही विचार प्रस्तुत गर्छु, फरक मत राखिरहनु पर्दैन, त्यही पेश गर्छु। यो इतिहास हो। इतिहासको रूपमा आउँछ, नीति रूपमा आउँछ।
  • विधान महाधिवेशन तीन दिन  हुन्छ । एक दिन दस्तावेज प्रस्तुत, एक दिन छलफल र एक दिन समापन हुन्छ।
  • विधान अधिवेशन एकताको अधिवेशन हुन्छ, अन्यथा महाधिवेशनमा हिसाब-किताब गरिन्छ।
  • साथीहरूको आमचाहना र समयको मागअनुसार म स्वस्थ भएकाले कार्यकाल र ७० वर्षे आवश्यकता रहेन
  • रवि लामिछानेलाई मैले नै बनाएको हो ।
  • राजेन्द्र लिङ्देनले झापामा जितेका छन् । हिजो पनि हामीले सहयोग गरेका हैँ ।
  • राष्ट्रियताबारेमा हामी राजनीति गर्दैनौँ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७