आशिका तामाङलाई कैद र जरिवानाको फैसला

काठमाडौं । सामाजिक अभियन्ता आशिका तामाङसहित दुई जनालाई जिल्ला अदालत भक्तपुरले पाँच दिन कैद सजाय र पाँच सय रुपैयाँ जरिवानाको फैसला सुनाएको छ । भक्तपुरको साँगास्थित झोलुङ्गे पुल तर्न शुल्क असुलिएको विरोध गर्दा उनीविरुद्ध मुद्दा परेको थियो ।
आशिकाले शुल्कको विरोध गर्दै रसिद बुक च्यातिदिएकी थिइन् । आज विश्वनाथ भट्टराईको इजलासले उनलाई कैद र जरिवाना सजाय गरेको अदालतकी प्रवक्ता हीराकुमारी भण्डारीले जानकारी दिइन् ।
भण्डारीका अनुसार ८ हजार ३ सय रूपैयाँ जाहेरवालालाई क्षतिपूर्ति पनि फैसला भएको छ । यस्तै, पीडित राहतकोषमा दुई–दुई सय बुझाउनु पर्ने उनले बताइन् । ‘आशिका तामाङ पहिले नै पाँच दिन थुनामा बसेका कारण अब जेल बस्नु पर्दैन’, उनले भनिन् । ‘आशिका तामाङ पहिले नै पाँच दिन थुनामा बसेका कारण अब जेल भने बस्नु पर्दैन’, उनले भनिन् ।