यो भन्दा अर्को शक्तिशाली र स्थिर सरकार बन्नै सक्दैन : अर्थमन्त्री पौडेल


२०८२ भदौ १२ बिहीबार १४:२७ बजे

काठमाडौँ । उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले २०८४ सम्म केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकार भन्दा स्थिर  र शक्तिशाली अर्को सरकार बन्न नसक्ने दावी गरेका छन् । काठमाडौंमा बिहीबार आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले वर्तमान सरकार एमाले र कांग्रेस मिलेर बनेको शक्तिशाली सरकार भएकाले २०८४ सम्म अर्को सरकारको परिकल्पना नै गर्न नसकिने बताएका हुन् । 

‘कांग्रेस–एमाले दुई वटा दलको शक्तिशाली सरकार छ । अहिलेको संसद्‍बाट योभन्दा शक्तिशाली सरकार बन्नै सक्दैन । २०८४ सम्म यो सरकारभन्दा अर्को स्थिर शक्तिशाली सरकारको परिकल्पना गर्न सकिन्न । स्थिर शक्तिशाली सरकार यही हो । यतिबेला के काम गर्नुपर्ने भन्ने हिसाबले काम गरिएको छ,’ उनले भने ।

मुलुकमा अहिले स्थिर सरकार भएकै कारण कानुनी सुधार गरिएको र लगानीकर्तामा समेत मनोबल बढेको पौडेलको भनाइ छ । उनले सरकारले योजना बनाउँदा प्राथमिकतालाई आधार मान्ने बताए । योजना आयोगले योजना बनाइदिएपछि त्यो योजना ठीकठाक हुन्छ भन्ने ठान्न नहुने बताउँदै उनले योजना निर्माण गर्दा प्राथमिकतामा आधारित छ वा छैन त्यसमा ख्याल गर्नुपर्नेमा जोड दिए ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७